play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

मतगणना अन्तिम चरणमा, १२५ स्थानको मतपरिणाम सार्वजनिक

0

असोज ८ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३७, संघीय समाजवादी फोरम २३, राष्ट्रिय जनता पार्टी २३ र नेकपा माओवादी केन्द्र २० स्थानीय तहमा विजयी भएका छन् ।त्यसैगरी नेकपा एमाले १६, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका योगेन्द्रप्रसाद चौधरी विजयी भएका छन भने उपमेयरमा कांग्रेसकै कवितादेवी सरदार विजयी भइन् ।धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका लालकिशोर साह विजयी भए । उपमेयरमा पनि राजपाकै रिता झा विजयी भइन् ।

Share.

Leave A Reply