असोज ८ – अमेरिकाले उत्तर कोरिया नजिकै बमवर्षक र युद्ध विमान उडान गरेको छ । दुई देशबीचको सम्बन्ध सत्रुताका रुपमा परिणत भइरहेका बेला अमेरिकाले बम वर्षक विमान उडान गरेको हो ।शक्ति प्रदर्शन गर्ने उद्देश्यले अमेरिकाले बमवर्षक र युद्धविमानहरु उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा उडान गरेको बताइएको छ । २१ औं शताब्दीमा अमेरिकी युद्धविमान र बमवर्षक विमान उत्तर कोरियाको त्यति नजिक पुगेको यो पहिलो पटक हो । यी विमान जापानको ओकिनावा र अमेरिकी क्षेत्र गुआमबाट उडेका थिए ।अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनका प्रवक्ता डाना ह्वाइटले यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष्य भएको बताएका छन् ।संयुक्त राष्ट्र संघमा कोरियाका विदेश मन्त्रीले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मघाती लक्ष्य लिएको आरोप लगाएका छन् ।
उत्तर कोरिया नजिकै अमेरिकी बमवर्षक र युद्ध विमान उडान
0
Share.