play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

व्हिलचेयर बाड्दै नारायणगढ़ रोटरी क्लब

0

असोज ७,
नारायणगढ़ रोटरी क्लबले भरतपुर- १३ पटिहानी ,गंगानगर निवासी १८ बर्षीय रमेश पौडेललाई व्हिलचेयर प्रदान गरेको छ /
आज गंगानगरमा आयोजित एक कार्यक्रम बीच जन्मजात दुवै खुट्टा नचल्ने पौडेललाई क्लबका अध्यक्ष नारायण प्रधानले व्हिल चेयर प्रदान गर्नु भएको हो / हाम्रो पटिहानी राम्रो पटिहानी नाम को फेसबुक पेजमा पौडेलको पुरानो व्हिल चेयर बिग्रेको समाचार आएपछि क्लबका पूर्व अध्यक्ष बिज्ञानलाल श्रेष्ठ र स्थानीय सुरेश बास्तोलाको संयोजनमा नया व्हिल चेयर पौडेललाई प्रदान गरिएको हो / सो अबसरमा बोल्दै स्थानिय शिक्षक थान प्रसाद सुबेदीले रोटरी क्लब नारायणगढ़ले बिपन्न पौडेललाई सहयोग गरेर प्रशंसनीय कार्य गरेको बताउनु भयो / व्हिलचेयर प्राप्त गरे पछि रमेश पौडेलले खुशी ब्यक्त गर्दै क्लबले अपाङ्गहरुलाई शिपमुलक तालिम दिन समेत आग्रह गर्नु भयो / क्लबका अध्यक्ष नारायण प्रधानले क्लबले अपांगता भएको व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको र छिट्टै उनीहरुको लागि शिपमुलक तालिमको व्यवस्था गर्न लागेको जानकारी दिनुभायो / यस अघि क्लबले गएको साता नवलपरासी स्थित केलादीका पूर्ण बहादुर गुरुंगलाई व्हिल चेयर प्रदान गरेको थियो /

Share.

Leave A Reply