play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

जेसिजको क्षेत्र ख सम्मेलन खैरहनीमा शुरु

0

भदौ २४, नेपाल जेसिजको क्षेत्र ख सम्मेलन शनिवारदेखी पूर्वी चितवनको खैरहनीमा सुरु भएको छ । नेपाल जेसिजको आयोजना तथा पर्सा खैरहनी जेसिजको आतिथ्यतामा सम्मेलन सुरु भएको सम्मेलनको नेपाल जेसिजका संस्थापक अध्यक्ष डाक्टर भेषवहादुर थापाले उद्घाटन गरे । नेपालको राष्ट्रिय स्थितीका बारे जेसिजले धारणा लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै सम्मेलन अवधिभर प्रकरण गोष्ठी,तालिम,शाखा जेसिजबीच वक्तृत्वकला प्रतियोगिता,जेसिजको महाधिवेशनका लागि तयार पार्ने एजेण्डा लगायतका विषयमा पनि छलफल हुने पर्सा खैरहनी जेसिजका कोषाध्यक्ष कविर श्रेष्ठले जानकारी दिए । नारायणी,गण्डकी र धवलागिरी अंचल अन्र्तगत रहेका जेसिज शाखाबाट करिव ४ सय जना सम्मेलनमा सहभागी छन् । उनीहरुलाई वीरेन्द्रनगर,पर्सा,रत्ननगर र सौराहामा वस्ने व्यवस्था मिलाईएको पर्सा खैरहनी जेसिजका कोषाध्यक्ष श्रेष्ठले वताए । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकास प्रसाद अधिकारीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटनका अवसरमा पूर्व राष्ट्रिय अध्यक्ष दिनेश कोईराला,सिनेटर राजेश मोहन प्रधान,रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जेसीहरुलाई सम्मान समेत गरिएको थियो ।

Share.

Leave A Reply