play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

प्रदेश २ को स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता आज

0

भदौं २१ – प्रदेश २ मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले आज मनोनयनको दर्ता गर्दैछन । असोज २ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।दुई नम्वर प्रदेशमा रहेका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा उम्मेदवारी दर्ताका लागी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । ती तहमा ६ हजार ६ सय २७ जना जनप्रतिनिध चयनका लागि आजैबाट चुनावी प्रक्रियासमेत सुरु भएको हो । निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता सहभागी हुँदै छन् ।निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनका लागि २ हजार १ सय ६६ मतदान स्थलमा ३ हजार ५ सय ७८ मतदान केन्द्र रहने जानकारी दिएको छ । ती केन्द्रमा ३१ हजार पाँच सय जना कर्मचारी खटाइएकोे छ । निर्वाचनका लागि मतपत्र, मतदाता परिचयपत्र तथा अन्य सामग्री मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।यसअघि पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ र दोस्रो चरणमा असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित भइसकेका छन् ।

Share.

Leave A Reply