play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

गैरपत्रकार खारेज गर्ने अभियान शुरुः अध्यक्ष आचार्य

0

भदौ ०८,
नेपाल पत्रकार महासंघका नवनिर्वा्चित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्बलले महासंघका पदाधिकारीको सम्मानमा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अबदेखि महासंको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिनुभयो । उहाँले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासंघले पहिलो मुद्दा बनाउने बताउनुभयो ।
महासंघका उपाध्यक्ष दिलीप थापामगरले महासंघलाई कुनै पार्टी र व्यक्तिको घर होइन पवित्र मन्दिर बनाउने बताउँदै पत्रकारको हकहित र सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने र प्रेस स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गर्नुभयो ।

Share.

Leave A Reply