भदौ ६, एमाले अध्यक्ष केपी ओलीले सदनबाट संविधान संसोधनको विषयलाई फेल गरेर संसदले राष्ट्रियताको पक्षमा फैसला गरेको बताएका छन्।
आज संसदमा बोल्दै ओलीले भने, ‘विभाजनको हेतुले आएको संसोधन प्रस्तावबारे संसद जे निष्कर्ष निकाल्नु पर्ने थियो त्यही निकाल्यो।’
ओलीले प्रक्रियामा सहभागी भएर विवेकपूर्ण मत राख्ने सबै सांसदलाई धन्यवाद मात्र दिएनन्, खुशी व्यक्त गरे। उले भने, ‘हामीले परिणामा स्विकार्ने गरी प्रक्रियामा सहभागी भएका थियौं।’ ओलीले हिजोको संसदीय फैसलाले संविधानको सर्वोच्चता स्विकार्य भनेको समेत दाबी गरे।
सधै अनावश्यक बखेडा र बहसका रुपमा संविधान संसोधनको कुरा उठाएको र स्थानीय तहको अधिकार कटौतीका लागि क्रियाशिल भएको भन्दै ओलीले सत्तारुढ दल र सरकारप्रति आक्रोश व्यक्त गरे।