भदौ ६, चितवन क्षेत्र नं.२ का साँसद शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री बन्दै हुनुहुन्छ । राज्य मन्त्रीको सपथ ग्रहणका लागि अधिकारी अहिले प्रधानमन्त्री कार्यालयमा पुग्नु भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसबाट १२ र फोरमबाट ३ जनालाई राज्य मन्त्री बनाउन लाग्नु भएको हो । काँग्रेसबाट शेषनाथ अधिकारीसंगै सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी राज्यमन्त्री बन्नु भएको छ ।
चितवन क्षेत्र नं.२ का शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री बन्दै
0
Share.