play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

प्रधानमन्त्री देउवाको भोलिबाट हुने भारत भ्रमणको तयारी तीव्र

0

प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिबाट हुने राजकीय भारत भ्रमणको तयारी तीव्र पारिएको छ ।

यसअघि सोमबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तय गरेको थियो । भ्रमणका एजेण्डाबारे प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्री, परराष्ट्रविद र पुर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेर आफुले उठाउनुपर्ने विषयका बारेमा सुझाव लिइरहेका छन् ।

मंगलबार बिहानमात्रै प्रधानमन्त्रीले पुर्व परराष्ट्रमन्त्रीहरुसँग भ्रमणका एजेण्डाका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको यो भ्रमणका बेला नयाँ सहमति र सम्झौता नभएपनि यसअघिका सम्झौताको कार्यन्वयनका विषयमा आफ्नो तर्फबाट प्रष्ट धारणा राखेर भ्रमण फलदायी बनाउनुपर्ने तथा नेपाललाई अहित हुने कुनैपनि सहमति र सम्झौता नगर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

प्रधानमन्त्री देउवा ५ दिने औपचारिक भ्रमणका लागि बुधबार (भोलि) भारत जाँदै छन् । प्रधानमन्त्रीका रुपमा देउवाले चौथो पटक भारत भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा पुराना परियोजना र भारतीय बाँधका कारण नेपाली भूभाग डुवानको समस्या लगायतका विषयमा छलफल हुनेछ ।

Share.

Leave A Reply