५ भदौ, सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो ।निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवत्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने, ‘एक चरण दुई चरण भनिएको छैन । मंसिर १० गते दुबै तहको चुनाव गर्ने भन्ने निर्णय भएको छ ।
सरकारले प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने
0
Share.