भदौ ४ । भारत उत्तर प्रदेशको मुजफ्फरपुरमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । घटनामा ८५ जना घाइते भएका छन् ।मुजफ्फपुरमा चल्ने कलिग उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिरिँदा रेलको १३ डिब्बा उछिट्टिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।घटना लगत्तै उद्धार तीब्र पारिएकाले घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ ।यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले राहत र उद्धारलाई तीब्रता दिइने बताउँदै घटनाबारे छानबीन गरिने जानकारी दिए । (एजेन्सी)
भारतको उत्तर प्रदेशमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु,८५ घाइते
0
Share.