भदौ ०३,
बुढीगण्डकी जलविद्युत आयोजनामा प्राविधिक कमीकमजोरी देखिएको भन्दै पुनर्विचार गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल इन्जिनियरिङ पेशाकर्मी संघले आज राजधानीमा गरेको छलफलमा उनीहरुले राष्ट्रिय गौरवको आयोजना भएकाले प्राविधिक त्रुटी औंल्याउँदै अघि बढाउनुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै डा. नारायण चौलागाई र विष्णु शर्मा नेपालले पुरानो तथ्याङ्कलाई आधार मानेर अध्ययन गर्दा आयोजनामा धेरै त्रुटी देखिएको बताउनुभएको थियो । आयोजना सम्पन्न गर्न लाग्ने २ सय ६० अर्ब रुपैयाँ निकै महंगो भएकाले त्यसमा पुनरावलोकन गर्नुपर्नेमा उहाँहरुको जोड थियो । भुकम्प जानु अघिनै आयोजनको अध्ययन गरीएको, भौगलिक दृष्टिकोणले समेत आयोजनाको निमार्ण उपयुक्त नदेखिएको बिषय कार्यपत्रमा उल्लेख छ । कार्यपत्रमाथि उठेका प्रश्नको जवाफ दिदैं उर्जा विज्ञ डम्बर नेपालले उल्पादन लागतलाई ध्यान दिँदा आयोजनाको निमार्णनै अन्यौलमा पर्ने बताउनुभयो ।
सरकारले १२ सय मेगावाटको सो आयोजना निर्माणको जिम्मा चीनको गेजुबा कम्पनीलाई दिने निर्णय यस अघिनै गरीसकेको छ ।
बुढीगण्डकी जलविद्युत आयोजनामा प्राविधिक कमजोरी देखिएको भन्दै पुनर्विचार गर्नुपर्नेमा विज्ञहरुको जोड
0
Share.