play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

तेस्रो चरणको निर्वाचनका लागि भोलीबाट आचारसंहिता लागू

0

साउन ३२– आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउन भोलिदेखि आचारसंहिता लागु गर्ने निर्णय गरेको जनाएको हो । सरकार, सरकारका मन्त्री, स्थानीय निकाय तह, सार्वजनिक संस्था, सरकारी–अर्धसरकारी संस्था र कर्मचारीलाई निर्वाचन आचारसंहिता लाग्ने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।उहाका अनुसार नेपाली सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा मातहतका निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनका क्रममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भ्रातृसंगठन, सरकारी तथा निजी सञ्चारमाध्यम, नीजि तथा गैरसरकारी संस्था तथा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि आचारसंहित लाग्नेछ ।उम्मेद्वारको हकमा भने मनोनयन दर्ता गर्ने मिति अर्थात आगामी भदौ २१ गते देखि निर्वाचन आचारसंहिता लागु हुने प्रवक्ता शर्माले बताउनुभयो । प्रदेश नम्बर २ अन्तर्गत ८ वटा जिल्लाका १ सय २७ वटा स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ ।

Share.

Leave A Reply