play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

इङ्गलिस प्रिमियर लिग आजबाट सुरु हुँदै-आर्सनल र लेस्टर भिड्दै

0

साउन २७, इङ्गलिस प्रिमियर लिग सिजन २०१७/१८को पहिलो खेलमा शुक्रबार आर्सनल र लेस्टर भिड्दैछन्। आर्सनलको घरेलु मैदानमा राती साढे १२ बजे हुने खेलमा स्टार खेलाडी एलेक्सिस स्यान्चेज र मेसुट ओजिल भने उपस्थित हुने छैनन्।

स्यान्चेज र ओजिल दुवै खेलाडी चोटका कारण विश्राममा छन्। गत साता भएको कम्यूनिटी सिल्डको खेलमा पनि दुवै खेलाडी दर्शकदिर्धामा रहेका थिए। आर्सनलले उक्त खेल पेनाल्टी सुटआउटमा जितेको थियो र त्यसै जितको सिलसिलालाई यस खेलमा पनि निरन्तरता दिने सुरमा हुनेछ। आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले यस सिजन प्रिमियर लिगकै उत्कृष्ट सिजन हुने दाबी गरे। उनले यसपटक ७ क्लबले उपाधि जित्ने दावेदारी प्रस्तुत गर्ने बताए। गत सिजन शीर्ष ४ मा रहेका क्लबसँगै आर्सनल, म्यानचेस्टर युनाइटेड र एभर्टन उपाधिको लागि सक्षम रहेको बताए।

यता लेस्टरले ट्रान्सफर विन्डोमा ३ खेलिद भित्र्याएर आफ्नो टोलीलाई थप मजबुत पारेको छ। फरवार्ड केलेची इहेनाचो, डिफेन्डर ह्यारी मगाएर र मिडफिल्डर भिसेन्टे इबोर्राको आगमनसँगै टोली थप मजबुत भएको छ। तीनै खेलाडीले आर्सनल विरुद्धको खेलमा खेल्ने अपेक्षा गरिएको छ।

Share.

Leave A Reply