play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

एकदिवसीय मेयर कप अन्र्तगत,आर्मी विरुद्ध पुलिस दोस्रो जित हात पार्न सफल

0

चितवन,फाल्गुन २५।
काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ३९ रन बनाए । यस्तै प्लेयर अफ दि म्य्च बनेका पवन सर्राफले अविजित २२ रन बनाए । दिलिप नाथले १५ रन बनाएर आउट भए । आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यस्तै बिक्रम सोबले १४ रन जोड्दा रोहित पौडेलले १३ रन बनाए । पुलिसका सागर ढकालले ५ विकेट लिए । पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए । जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा बागमतीलाई हराएको पुलिसले दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो । आर्मीको यो दोस्रो हार हो । आर्मीले ३ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर-११ लाई हराएको थियो ।

Share.

Leave A Reply