play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सहिद स्मारक बी डिभिजन फुटबलमा,श्री भगवतीसँग ब्वाइज युनियन पराजित

0

चितवन,फाल्गुन २५। सहिद स्मारक बी डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले जित निकालेको छ । मंगलबार भएको खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे । ब्वाइजका टंक बहादुर स्याङतानले एक गोल फर्काए । खेलको ४० औं मिनेटमा नवराजले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । तर, ६३ औं मिनेटमा टंकले गोल गर्दै ब्वाइजलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा प्रज्वलले गोल गर्दै श्री भगवतीलाई २-१ को जित दिलाए । जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ । श्री भगवतीले ११ खेलमा १५ अंक जोडेको छ ।
ब्वाइज ११ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Share.

Leave A Reply