play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्व राष्ट्रपति निर्दोष सावित

0

चितवन,फागुन २५। ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भालाई सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा लड्न बाटो खुलेको छ । भ्रष्टाचारको अभियोगबाट मुक्त भएपछि लुलालाई आगामी निर्वाचनमा लड्ने बाटो खुलेको हो । ब्राजिलको सर्वोच्च अदालतले लुलालाई निर्दोेष सावित गरेको हो । सत्तामा रहँदा पदको अनावश्यक फाइदा उठाइ आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उनलाई सन् २०१७ मा जेल सजाय सुनाएको थियो। लुलालाई यसअघिको निर्वाचनमा उम्मेदवारी दिनसमेत नदिने आदेश गरिएको थियो । भ्रष्टाचारको आरोप लागेका लुलालाई कारागार चलान गरेकोका लुलाले सर्वोच्चामा पुन्रावेदन गरेपछि जेलमुक्त भएका थिए । वकर्स पार्टी (पिटी) का नेतासमेत रहेका पूर्व राष्ट्रपति लुलाले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई मुद्दा लगाइएको जिकिर गर्दै आएका थिए । उनी सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलको राष्ट्रपति बन्नेका थिए ।

Share.

Leave A Reply