चितवन,फगुन २५ ।
चितवन राष्ट्रिय निकुन्जको अमलटारि सेक्टरअन्तर्गत कोर इलाका सेहरी नारायणी नदी कलकत्ता टापुमा भाले गैडा मृत अवस्थामा भेटिएको छ। अन्दाजी करिब ३० वर्षको भाले गैडा मृत् अवस्थामा यहीँ मिति २०७७ साल फाल्गुन २४ गते भेटिएको हो। सो गैडाको खाग,खुर लगायत सरकारी समान सुरक्षित् रहेको निकुञ्ज संरक्षण अधिकारी लोकेन्द्र अधिकारीले जानकारी गराएको छ। उक्त स्थानमा भाले गैडा एक आपसमा जुधेर घाइते भई मृत्यु भएको अनुमान गरिएको छ। साथै त्यो गैडा संगै यस आर्थिक वर्ष २०७७/७८ मा २६ वटा गैडाको मृत्यु भएको छ। सो मध्ये २२ प्राकृतिक र ४ सिकारीको कारण मृत्यु भएको छ। नेपाल सरकारद्वारा गैडा गणना यहि मिति २०७७ साल चैत्र ९ गते बाट सुरु हुने भएको छ।
यस्तै चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा सेक्टरमा पर्ने निकुन्जको कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा करिब अन्द्जी ४ वर्षको लिङ्ग पहिचान हुन नसकेको पाटे बाघ मृत अवस्थामा फेला परेको छ। सो बाघ मिति २०७७ साल फाल्गुन २३ गते फेला परेको हो। उक्त बाघ प्राकृतिक कारणले मृत्यु भएको अनुमान गरिएको छ। मृत् बाघ यस आर्थिक वर्ष २०७७र७८मा मृत्यू भएको पहिलो बाघ हो।