play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

ब्वाइज र श्री भगवती भिड्दै

0

फाल्गुन,२५।
सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्वाइज युनियन र श्री भावती क्लबबीच खेल हुनेछ । ब्वाइज र श्री भगवतीबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । आज ब्वाइज जित निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी कम गर्न चाहन्छ । ब्वाइज १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । श्री भगवती ब्वाइजलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । श्री भगवती १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । दोस्रो खेलमा टुसाल क्लबले श्री कुमारी क्लबसँग खेल्नेछ । टुसाल र श्री कुमारीबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । श्री कुमारी ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । टुसाल ९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

Share.

Leave A Reply