play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

वेस्ट ह्यामको जितमा लिंगार्ड र डसनको गोल

0

फाल्गुन,२५।
इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले सहज जित निकालेको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा वेस्ट ह्यामलाई जित दिलाउन जेसे लिंगार्ड र क्रेग डसनले एक एक गोल गरे । खेलको २१ औं मिनेटमा लिंगार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लिंगार्डले आफ्नै पेनाल्टी लिड्सका गोलकिपर इलनले रोकेपछि आएको रिबाउण्ड बलमा गोल गरेका थिए । त्यसपछि खेलको २८ औं मिनेटमा डसनले गोल गर्दै वेस्ट ह्यामलाई २–० को जित दिलाए । जितसँगै वेस्ट ह्याम लिगको पाँचौं स्थानमा उक्लिएको छ ।वेस्ट ह्यामले २७ खेलमा ४८ अंक जोडेको छ । लिड्स ३५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply