play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

करिब तीन वर्षपछि मोफसल चर्चित, विराट गोल्डकप चैतमा

0

चितवन,फागुन २४। करिब तीन वर्षपछि मोफसलकै चर्चित प्रतियोगिता विराट गोल्डकप फुटबल आयोजना हुने भएको छ ।आयोजक विराट गोल्डकप ट्रसले चैत अन्तिम साताबाट प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । गत ७४ साल चैतपछि विराट गोल्डकप आयोजना भएको थिएन । पछिल्लो समय विराटनगरको शहिद रंगशालामा बनेको ‘फ्लड लाईट’ सँगै हौसिएको विराट ट्रसले चैत २६ गतेबाट प्रतियोगिता आयोजना गर्ने भएको हो ।यसै चैतको अन्तिम साताबाट प्रतियोगिता आयोजना हुनेगरि तयारी गरिरहेको छौं । हामी अन्तिम चरणमा छौं,’ विराट गोल्डकप ट्रसका सदस्य बसन्त अर्यालले खेलपाटीलाई बताए । गत वर्ष एन्फाले विराटनगरमा आयोजना गरेको पाचौं संस्करणको महिला साफ च्याम्पियनसिप लगत्तै प्रतियोगिता आयोजना गर्न आटेको ट्रसले फ्लड लाईटको समस्याकै कारण आयोजना हुन पाएन ।

यस पटक भने प्रदेश सरकारको सहयोगमा ‘फ्लड लाईट’ बनेसँगै ट्रसले छैटौं संस्करणको विराट गोल्डकप गर्न लागेको हो । जसको लागि उसले एन्फाबाट स्वीकृति समेत पाईसकेको छ । द्रुत गतिमा तयारी गरिरहेका आयोजकले केहि टिमलाई पत्र समेत पठाईसकेको छ । आयोजकले यस पटक १० टोली सहभागीता गराउने निर्णय गरेको छ । प्रतियोगिताको विजेताले १५ लाख १५ हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको विधागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्दा प्रत्येक खेलको म्यान अफ दि म्याचले जनही १५ हजार प्राप्त गर्नेछन् । फेयर प्ले टोलीले २५ हजार प्राप्त गर्दा सर्बाधिक गोलकर्ताले २५ हजार पाउने छ ।यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् ।

Share.

Leave A Reply