play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम

0

चितवन,फागुन २४। सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले पहिलो हार व्यहोरेको छ ।सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २(१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे । सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काए । खेलको २६ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता बनाएको थियो । खेलको ५० औं मिनेटमा माल्डिनाले गोल गर्दै सातदोबाटोलाई १(१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ५८ औं मिनेटमा सन्नीले गोल गर्दै मध्यपुरलाई २(१ को जित दिलाए । मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । सातदोबाटो दुई खेल अगाबै ए डिभिजनमा बढुवा समेत भईसकेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ। मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।

Share.

Leave A Reply