play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

दाहाल – नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजेलाई सर्‍यो

0

चितवन,फागुन २४।
साविकको नेकपा दाहाल–नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको उनले जानकारी दिनुभएको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न दाहाल(नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो । अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गर्नु भएको हो। अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Share.

Leave A Reply