play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक

0

चितवन,फागुन२४।जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको नेता उमाशंकर अरगरियाले जानकारी दिनुभएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि अहिलेसम्म संयुक्त बैठक बसेको छैन । पार्टी एकतापछि पहिलोपटक संसदीय दलको बैठक बस्ने तय भएकोअरगरियाले जानकारी दिनुभएको छ ।

जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्नुअघि सोमबार पूर्व समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने नेता अरगरियाले बताउनुभयो । सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिई साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै ब्युँताइदिएको अवस्थामा संसदमा सरकार निर्माणका लागि नयाँ समीकरण बन्ने अवस्था छ । जसपाको संसदीय बैठकमा यो विषय र संसदमा निर्वाह गर्ने भूमिकाको विषयमा पनि छलफल हुने एक नेताले बताउनुभएको छ ।

Share.

Leave A Reply