play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

शिक्षा मन्त्रालयको आफ्नो मातहतका कर्मचारीको जिम्मेवारी हेरफेर

0

चितवन,फाल्गुन२४।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ । शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो । शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको जिम्मेवारी सहसचिव दीपक शर्मालाई दिइएको छ भने सोही मन्त्रालयको प्राविधिक महाशाखाको जिम्मेवारी केही समयअघि बागमती प्रदेशबाट सरुवा भएर मन्त्रालय आएका सहसचिव डा. हरि लम्साललाई दिइएको छ ।

त्यस्तै, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक महानिर्देशक केशव दाहाललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरिएको छ भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेलाई पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक बनाइएको छ । पाठ्यक्रम विकास केन्द्रमा कार्यरत रुद्र अधिकारीलाई राष्ट्रिय परीक्षा बोर्ड ९कक्षा १०० परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेललाई विद्यालय शिक्षक किताबखानामा सरुवा गरिएको छ । विद्यालय शिक्षक किताबखानामा रहेका उपसचिव शिवकुमार सापकोटालाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply