play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

काठमाण्डौ मेयर कप क्रिकेट स् एपीएफविरुद्ध पुलिस ब्याटिङ गर्दै

0

फागुन २३।
काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेटमा दुई खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि मैदानमा एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् । नेपाल पुलिसले टस जितेर ब्याटिङ रोजेको छ ।दुवै टोली आज दोस्रो जितको खोजीमा छन् । पहिलो खेलमा पुलिसले वाग्मतीलाई २ रनले हराएको थियो भने एपीएफले आर्मीलाई १ विकेटले हराएको थियो । यस्तै, अर्को खेलमा अहिले मूलपानी क्रिकेट मैदानमा वागमती प्रदेश र काठमाण्डौ मेयर–११ खेल्दै छन् । वागमतीले टस जितेर फिल्डिङ रोजेपछि काठमाण्डौ मेयर ११ ले ब्याटिङ गर्दै छ । वाग्मती आज पहिलो जितको खोजीमा हुने छ । यस्तै, काठमाण्डौ मेयर ११ पनि आजको खेल जित्दै सुखद सुरुवात गर्ने दाउमा छ ।

Share.

Leave A Reply