play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइने

0

फागुन २३।
सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप निस्शुल्क लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने भएको हो ।खोपको उपलब्धता र जोखिमको आधारमा आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिइने छ । दोस्रो चरणको खोप अभियानका लागि स्वास्थ्य मन्त्रालयले ६ हजार खोप केन्द्र तोकेको छ ।यसअघि अस्पतालमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले हरेकदिन २ देखि ३ लाख जनालाई खोप दिने तयारी गरेको जानकारी दिनुभयो ।दोस्रो चरण सुरु भएको ११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइनेछ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अपाङ्गता भएकाहरुलाई प्राथमिकतामा राखिएको जानकारी दिनु भएको छ ।

Share.

Leave A Reply