play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सवारीको ठक्करबाट चितवनमा चितुवाको बच्चा मर्यो

0

चितवन, २३ फागुन।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो । बच्चाको मुखमा चोट लागेको उहाँले जानकारी दिनुभयो ।रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उहाँले बताउनुभयो । – रासस

Share.

Leave A Reply