play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्नेबारे सर्वोच्चले फैसला गर्दै

0

फागुन २३।
सर्वोच्च अदालतले आज नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्ने विवादको फैसला गर्दै छ ।न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी नामको विवादबारेको फैसला आज गर्न लागेको हो। यसअघि गएको २० गते बिहीवार निर्णय सुनाउने मिति तोकिएको भए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा भएकाले स्थगित भएको थियो आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै २०७५ सालको मंसिर ५ गते ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । मुद्दामा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई आयोगले आधिकारिकता दिएपछि ऋषि कट्टेल सर्वोच्च पुग्नुभएको हो।

Share.

Leave A Reply