फागुन २२ ।
नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले ताप्लेजुङका आगलागीबाट विस्थापितहरुको पुर्नस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।ताप्लेजुङको आगलागी भएको दोभान क्षेत्रको निरीक्षण गर्दै उहाँले आगलागी पीडित परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोगसमेत गर्नु भएको छ ।ताप्लेजुङबाट निर्वाचिन प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले तीन वटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरुको समन्वयमा आगलागीबाट हुने क्षतिको न्युनिकरणका लागि आवश्यक योजना समेत बनाउनुपर्नेमा जोड दिनुभयो ।गत मंगलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन् ।
ताप्लेजुङ अग्नी पीडितलाई,यागेश भट्टराईबाट ५ लाख सहयोग
0
Share.