play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

विवाद निरुपणको ताकेता गर्दै प्रचण्ड–नेपाल समूहले आयोगलाई बुझायो पत्र

0

चितवन ,फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई फेरि पत्र बुझाएको छ । आज आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि ताकेतापत्र बुझाएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया अघि बढाउने जानकारी दिएको पाण्डेले बताउनुभयो । पाण्डेसँगै नेताहरु लीलामणि पोखरेल, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी आयोग कार्यालय कान्तिपथ पुग्नुभयाको थियो ।

आयोगले गएको माघ ११ गते नेकपा एउटै भनेर निर्णय गरेपछि उक्त समूहले फागुन २० गते आधिकारिकता दाबी गर्दै पत्र बुझाएको थियो ।

 

Share.

Leave A Reply