play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

पीएसएल स्थगित भएपछि सन्दीप नेपाल फर्कदै, मेयर कपमा कप्तानको भुमीकामा रहने

0

चितवन ,फागुन २१ ।  राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर–११ को कप्तानी गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सन्दीपले काठमाडौं मेयर–११ को कप्तानी गर्ने जानकारी दिएको हो ।

पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटका लागि पाकिस्तान गएका सन्दीप आज स्वदेश फर्कदै छन् । कोरोनाको कारण पीएसएल अनिश्चितकालका लागि स्थगित भएपछि सन्दीप स्वदेश फर्किन लागेका हुन् ।

टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।

टिम

सन्दीप लामिछाने, सिद्धान्त लोहनी,विवेक यादव, अर्जुन कुमाल,सौरभ खनाल,बिक्रम भुसाल, अनुज चुनारा,रविन्द्र जंग शाही, नारायण जोशी , हरि शंकर शाह,विपिन खत्री,कृष्ण कार्की,अनिल खरेल,सन्दीप रजाली, विपिन रावल, खडक बहादुर बोहरा

 

Share.

Leave A Reply