play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

१ सय २० जनामा कोरोना संक्रमण पुष्टी

0

चितवन ,फागुन २१ ।  पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।६ हजार १ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ८५ हजार १ सय ९० पुगेको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

Share.

Leave A Reply