play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

लिभरपुलको मैदानमा चेल्सीको जित

0

फाल्गुन,२१।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साविक विजेता लिभरपुललाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले कान्टेको पासलाई सदुपयोग गरे । त्यसअघि चेल्सीका लागि टिमो वेर्नरले २४ औं गोल गरेका थिए । तर, अफसाइड हुँदा उनको गोलले मान्यता पाएँन । जितसंगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ ।चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ । लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Share.

Leave A Reply