play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सातदोबाटो र बाँसबारी भिड्दै

0

फाल्गुन,२१।
सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल अपरान्ह १२ः१५ मा सुरु हुनेछ । आज सातदोबाटो बाँसबारीलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ । तर, बलियो बाँसबारीविरुद्ध सातदोबाटोलाई जित निकाल्न सहज हुने छैन । सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । बाँसबारीले ८ खेलमा १८ अंक जोडेको छ । यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच खेल हुनेछ । मध्यपुर र पुल्चोकबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । मध्यपुर ८ खेलमा ७ अंक जोडेर १० औं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

Share.

Leave A Reply