play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आजदेखि रसुवागढी नाका सञ्चालनमा, सामान बोकेका गाडी नेपाल भित्रिए

0

फागुन,२१।
नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आएको छ । नाका खुलेसँगै बिहान ३ वटा गाडी नेपालतर्फ आएका र आज नेपाली व्यवसायीको सामान बोकेको ७ वटा गाडी आउने रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो । ल्होसारका कारण गएको माघ २९ गतेदेखि नाका बन्द भएको थियो । हिजो बेलुकी चिनियाँ पक्षले नेपाल पक्षलाई नाका खोल्नेबारेको जानकारी गराएको र अहिले गाडी आउन थालेको भन्सार कार्यालयका प्रमुख रेग्मीको भनाइ छ । यो वर्ष प्राकृतिक प्रकोप र कोरोना भाइरसको सङ्क्रमणका कारण चीनतर्फको नाका पटक–पटक बन्द हुँदै आएको थियो ।

Share.

Leave A Reply