play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

अहिलेको संकट अरूलाई साथ दिएर पार लगाउन सकिन्छ : कांग्रेस नेता पौडेलल

0

चितवन, फागुन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिने बताउनुभयको छ । प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा पौडेलले केपी ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेको भन्दै उनलाई समर्थन गर्न कांग्रसको नैतिकताले नदिने बताउनुभयको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता ,रामचन्द्र पौडेल

यतिखेरको राजनीतिमा केपी ओलीबाहेक अरूसँग समझदारी गरेर अहिलेको संकटलाई पार गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो , ‘कांग्रेस आफैँ मात्र हुनुपर्छ भन्ने पनि छैन । यदि यस्तो भयो भने कांग्रेस अरूको खेलौना भएर भूमिकाविहीन हुन सक्छ । अहिलेको देशको संकट अरूलाई साथ दिएर पनि पार लगाउन सकिन्छ । त्यसका लागप प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिन्छ ।’ तर, त्यसका लागि छलफल भने आवश्यक रहेको उनले बताउनुभयो । नेपाली कांग्रेससँग एकचौथाइ सिट नभएको र अरूसँग मिल्नुपर्ने भएकाले कोसँग मिल्ने भन्ने विषयमा सल्लाह भइरहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply