play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

प्रधानमन्त्री ओलीले गरे ४६ अर्ब लागतको,सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास

0

फागुन,२० ।
प्रधानमन्त्री केपी ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ ।बिहीबार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो ।राष्ट्रिय गौरवको आयोजना रूपमा निर्माण गर्न लागिएको यस परियोजना सिँचाईमा केन्द्रित भए पनि डाइभर्सन गरेर मरिनमा खसालिएको पानीबाट २९ मेगावाट बिजुली पनि उत्पादन गरिने छ ।२ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले आर्थिक वर्ष ०७७र७८ को बजेटमा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्‍याएर कृषि उत्पादन बढाउने उद्देश्य लिइएको आयोजनाको कूल लागत ४६ अर्ब लाग्नेछ ।आयोजनामा तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी मरिनमा खसालिने छ । यसका लागि १३ किलोमिटरको सुरुङ बनाउनुपर्ने हुन्छ ।मरिनमा खसालिएको पानी ४० किलोमिटर तल वाग्मती सिँचाई आयोजनाको नहरमार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्‍याइने योजना सरकारको छ ।

Share.

Leave A Reply