play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

एकपटक मन खोलेर सहयोग गरिदिनुस्,रंगशाला समयमै बन्छ: धुर्मुस

0

चितवन , फागुन २० । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला समयमै निर्माणका लागि एकपटक सहयोग गरिदिन सीताराम कट्टेल (धुर्मुस)ले आग्रह गर्नुभयको छ । ७७ वटै जिल्लाबाट नागरिकले आफ्नो सम्पत्ति सम्झिएर रंगशाला निर्माणका लागि मन खोलेर सहयोग गरिदिन उहाँको आग्रह छ ।

हालसम्म रंगशाला निर्माणका लागि ३२ करोड रुपैयाँ सहयोग आएको तर खर्च ४३ करोड भइसकेको उहाँको भनाइ छ । “अहिलेसम्म सहयोगी मनहरुले ३२ करोड रुपैयाँ सहयोग गर्नुभएको छ । तर, खर्च ४३ करोड भइसकेको छ,” सीताराम भन्नुहुन्छ ्, “११ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यो परियोजना समयमै सक्नुपर्ने छ र सकिन्छ पनि । तर, यसका लागि तपाईंहरुले यो रंगशालालाई आफ्नो सम्झिएर आशीर्वाद दिनुपर्ने छ । मन खोलेर सहयोग गर्नुपर्ने छ ।”

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

रंगशालामा ७७ जिल्लाको प्रतिनिधित्त्व गर्ने ७७ वटै कोठा रहेको भन्दै उहाँले सबै जिल्लाबाट सहयोगका लागि अभियान चलाएको खण्डमा सहयोग जुट्ने उहाँको विश्वास छ । सबै प्रदेशको स्तम्भ पनि रहेको बताउँदै प्रदेशबाट पनि अभियान सञ्चालन गरिनु आवश्यक रहेको सीतारामको भनाइ छ ।

“यो रंगशाला धुर्मुस–सुन्तलीको मात्रै होइन । यहाँ हाम्रो सम्पत्ति ठडिरहेको छैन । देशको सम्पत्ति ठडिरहेको छ,” सीताराम भन्नुहुन्छ , “ठूलो सहयोग गर्नुपर्छ भन्ने छैन । १ रुपैयाँ, २ रुपैयाँ, ५ रुपैयाँ जति सहयोग गर्नुस् । नगद वा जिन्दसी सहयोग गरे पनि हुन्छ । मेरो सम्पत्ति बन्दै छ भनेर गक्षअनुसारको सहयोग गर्नुपर्ने छ । यसले खेलाडीहरुको यो मन्दिरमा आफ्नो अपनत्त्व पनि हुनेछ ।”

उहाँले सहयोगका लागि ‘आफ्नो कुर्सी’ अभियानमा जोडिनैपर्छ भन्ने नरहेको भन्दै आफ्नै तवरले पनि सहयोग गर्न सकिने स्पष्ट पार्नु्भएको छ । सहयोग जुटाएर समयमै निर्माण सम्पन्न गर्ने उद्देश्यले यो अभियान चलाइएको उहाँले जानकारी दिनुभयो । निर्माणस्थलमै आएर परियोजना अवलोकन गरेको खण्डमा सहयोगका लागि अझ उत्प्रेरणा बढ्ने भन्दै चितवनको रामपुर आउन पनि आग्रह समेत गर्नुभयको छ ।

सहयोग गर्नेहरुको नामावली राख्ने भन्दै पारदर्शीतामा शंका नगर्न धुर्मुस–सुन्तली फाउन्डेसनले आग्रह गरेको छ । केही शुभेच्छुक तथा शुभचिन्तकहरुले आईपीओ जारी गरेर सहयोग जुटाउन सुझाव दिए पनि नाफामुखी कम्पनी नभएकाले त्यसो नगरिने सीतारामले स्पष्ट पार्नुभयो । “आईपीओ जारी गर्न नाफामूलक कम्पनीमा जानुपर्छ । यो निःसन्देह गैरनाफामूलक संस्था हो । त्यसैले यतातर्फ सोच्ने कुरा भएन,” उहाँले भन्नुभयो ।

कोरोनाको त्रासजस्तो अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर काम गर्दै आएको भन्दै उहाँले निर्माणकार्य जारी राख्न उधारोमा निर्माण सामग्री लिएर काम गरिरहेको बताउनुभयो । प्रतिबद्धता जनाएको ठूलो रकम नउठ्दा बक्यौता रहेको धुर्मुस–सुन्तली फाउन्डेसनले बताउँदै आएको छ । कोरोना महामारीका कारण पछिल्लो समय रंगशाला निर्माणमा सहयोग आउने क्रम केही कम भएको बताइन्छ ।

Share.

Leave A Reply