play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आउँदो जेठपछि नेपालमा अवैध मोबाइल नचल्ने

0

चितवन , फागुन २१ । आउँदो जेठ महिनाबाट नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजितका कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस जडान प्रक्रियाको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभयको हो ।

तपाईंको मोबाइल दर्ता छ ? छैन भने अनलाइनबाटै यसरी गर्नुस्, नत्र बन्द होला
उहाँले एमडीएमएस जडान, इन्स्टलेसन र स्थापनाको कार्य अगाडि बढिसकेको र अबको जेठबाट नेपालमा अवैध रुपमा भित्रिने मोबाइल नचल्ने बताउनुभयो । प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन विगत साढे चार वर्षदेखी इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

पहिलो चरणमा मोबाइलको आईएमईआई दर्तालाई प्राथामिकता दिएको प्राधिकरणले अब दर्ता नभएको मोबाइल बन्द गर्ने कार्य केही महिनामै सुरु गर्ने भएको हो ।

Share.

Leave A Reply