play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब

0

चितवन,फागुन २१ । चालु आर्थिक वर्ष २०७७–७८ मा नेपाली अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखा सम्बन्धी तथ्यांकले आधार वर्ष परिवर्तन गरी सार्वजनिक गरेकाले आर्थिक परिदृश्य सकारात्मक नहुँदा पनि अर्थतन्त्रमा १४.०७ प्रतिशतको धनात्मक परिवर्तन देखिएर अर्थतन्त्रको आकारमा ठूलो परिवर्तन देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर भने ४.६ प्रतिशतले ऋणात्मक देखिएको छ । गत आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमासमा कोभिड–१९ महामारीका असर थिएन । अर्थतन्त्र सामान्य अवस्थामा रहेकाले अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा आर्थिक वृद्धिदर भने ऋणात्मक देखिएको हो ।

गत आर्थिक वर्ष २०७६–७७ को आर्थिक वृद्धिदरको संशोधित अनुमान सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले गत वर्ष आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको उल्लेख गरेको छ ।

 

Share.

Leave A Reply