play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

0

चितवन,फागुन २१ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो ।

यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले बताउनुभयो ।

आगामी धानको सिजनका लनगि दुई लाख मेट्रिकटन रासायनिक मल मौज्दात रहने उहाँको दाबी छ ।

 

Share.

Leave A Reply