play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

सरकारद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, शुक्रबार प्रधानमन्त्री र ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्ने

0

फाल्गुन,२०
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव समूह’लाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।हिजोदेखि बालुवाटारमा भएको वार्तामा सरकारले ‘विप्लव समूह’लाई लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।साथै विप्लव समूहका राजनीतिक बन्दी रिहा र मुद्दा खारेज गर्न पनि सरकार सहमत भएको छ । दुई दिनसम्म चलेको वार्तामा प्रतिबन्ध फुकुवा लगायत तीन बुँदामा सहमति भएको छ । चन्द समूहसँग सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने र राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गर्ने सहमति भएको छ ।सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हस्ताक्षर गर्नु भएको छ ।सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने नीति लिएको थियो ।

सहमत्तिको विस्तृत विवरण भने फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहमा गरिने विज्ञप्तिमा जनाइएको छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत हप्ताको बुधबार सरकारले गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो ।यस्तै विप्लव समूहले पूर्वमन्त्री ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको हो ।विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो ।

 

Share.

Leave A Reply