फाल्गुन,२०।
सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ । झम्सिखेल र श्री भगवतीबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । झम्सिखेल ८ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । श्री भगवती ८ खेलमा ६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र श्री कुमारी क्लबबीच खेल हुनेछ । आरसिटी र श्री कुमारीबीचको खेल दिउसो ३ः३० बजे सुरु हुनेछ । आरसिटी ८ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
सर्यो