play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

म्यानमारमा सुरक्षा फौजले गरेको दमनमा परी कम्तीमा ६ जनाको मृत्यु

0

चितवन , फागुन १९ । म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा परी बुधबार पनि कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेबु्रअरी १ देखि म्यानमारमा प्रदर्शन भइरहेका छन् । निर्वाचनमा धाधली भएको भन्दै म्यानमारको सेनाले सत्ता कब्जा गरेको छ । सैनिक शासन सुरु भएयता म्यानमारमा सेनाले नागरिक माथि दमन गर्दै आएको छ । जसको अन्तराष्ट्रिय रुपमा नै आलोचना भइरहेको छ । पश्चिमा मुलुकहरुले म्यानमारको सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् । म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा आज पनि प्रदर्शनहरु भइरहेका छन् । सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो । राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ । देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ । (एजेन्सी)

Share.

Leave A Reply