play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

चितवनमा भूकम्पले क्षति भएका थप ५४५ नयाँ घर बनाउन लागि अनुरोध

0

चितवन , फागुन १९ । चितवनमा भूकम्पका कारण घरमा क्षति भएर मर्मतसम्भार मात्र गर्न निवेदन दिएकामध्ये ५४५ जनाले नयाँ घर बनाउनका लागि अनुरोध गरेका छन् । शुरुमा सामान्य मर्मतसम्भारबाट घर बनाउने भनिए पनि पछि उनीहरूले पूरै घर निर्माणका लागि निवेदन दिएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनमा घर मर्मतका लागि आवेदन दिएका एक हजार ३७८ मध्ये ५४५ जनाले पूरै घर बनाउन निवेदन दिएका हुन् । एकाइका इञ्जिनीयर सुवास नेपालका अनुसार निवेदन परेकामध्ये २८३ को नाम प्राधिकरणबाट स्वीकृत भइसकेको छ । एक सय ६२ को नाम पठाइसकिएको र अन्य १०० को नाम पठाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । घर मर्मत मात्रै गर्ने निवेदन दिएका (प्रबलीकरणमा परेका) मध्ये १७ जनाले दोस्रो किस्तावापतको रकमसमेत निकासा गरिसकेका छन् । घर प्रबलीकरण गर्नेहरूले पहिलो र दोस्रो किस्ता क्रमशः रु ५०÷५० हजार अनुदान पाउनेछन् । नयाँ घर बनाउनेहरूले भने तीन किस्ता गरेर रु तीन लाख पाउनेछन् । सेवाग्राहीमध्ये ९८ जनाको नाम हटाउनका लागि सिफारिस गरिएको छ ।

Share.

Leave A Reply