play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

माइक्रोबसले कार र मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते

0

चितवन, फागुन १८।
आज बिहान भरतपुर–१ भतेरीको जङ्गलमा माइक्रो बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा२ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा२च २८२४ नम्बरको कार तथा ना१७प ४०१२ नम्बरको र ना२७प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नौ जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार घाइतेको उपचारका लागि भरतपुर पठाइएको र दुर्घटनामा संलगन चार वटै सवारी साधन तथा माइक्रो चालकलाई नियन्त्रणमा लिइएको छ ।घाइतेमध्ये ना१७प ४०१२ नम्बरको मोटरसाइकलको पछाडि बसेका भरतपुर–२५ का २५ वर्षीय सुमन गुरुङ, ना१७प ४०१२ नम्बरको मोटरसाइकलको पछाडि बसेका माडी–८ का ४२ वर्षीय ध्रुव पौडेल, कार चालक धादिङको ज्वालामुखी–१ का ३६ वर्षीय हरिप्रसाद तिवारी, कारमा सवार तिवारीकी श्रीमती २८ वर्षीया सिर्जना तिवारी, उनकै छोरा नौ वर्षीय हर्षित तिवारी, तीन वर्षीया छोरी हार्षिका तिवारीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै, ना२७प ७०८९ नम्बरको मोटरसाइकल चालक भरतपुर–२९ कविलासका ५२ वर्षीय सुकमान तामाङ, माइक्रो बसका यात्रुपर्साको प्रसौनी–५ घर भएका २३ वर्षीय सन्दीप कुरमा साह र बारा जिल्लाको महागढीमाई–११ घर भएका ३७ वर्षीय मनोजकुमार साह सोनारको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको थापाले जानकारी दिए ।

Share.

Leave A Reply