play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

सहिद स्मारक ’बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै,बाँसबारी र पुल्चोक भिड्ने

0

फाल्गुन,१८।

सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लबबीच खेल हुनेछ । मध्यपुर र श्री कुमारीबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । मध्यपुर श्री कुमारीविरुद्ध जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । मध्यपुर ७ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । श्री कुमारी ७ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ । लिग अन्तर्गत नै अर्को खेलमा बाँसबारी युवा क्लबले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्नेछ । बाँसबारी र पुल्चोकबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । बाँसबारी पुल्चोकलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ । बाँसबारी ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पुल्चोक पुछारमा रहेको छ । पुल्चोकले २ अंक जोडेको छ ।

 

Share.

Leave A Reply