play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

एभर्टनको जितमा रिचार्लिसनको गोल

0

फाल्गुन,१८।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । रिचार्लिसनले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।यस्तै खेलको २६ औं मिनेटमा माइकल किनले गोल गरेका थिए । तर, रेफ्रीले उनको गोललाई भीएआरको सहायताबाट अफसाइड दिएका थिए । यस जितसँगै एभर्टनले २५ खेलमा ४३ अंक जोडेको छ । एभर्टन लिगको सातौं स्थानमा रहेको छ । साउथह्याम्पटन २६ खेलमा ३० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply