play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

भागवतको मुख्य सार सहितको पुस्तक सार्वजनीक

0

भरतपुर, १७ फाल्गुन ।

साधक दुर्गादत्त पौडेलले भागवतको सार समावेश गरीएको ‘मैले बुझेको भागवत’ नामक पुस्तक सार्वजनीक गर्नु भएको छ । २६ वर्ष सम्मको निजामति सेवामा नायब सुब्बाको जिम्मेवारी छाडेर सामाजिक धार्मिक सेवामा समर्पण गर्दै आउनुभएका पौडेलेको यो पहिलो पुस्तक हो ।

सरकारी नोकरी छाडेर यता अउँदा सुरुमा बेचैनी भए पनि पुस्तक प्रकाशन संगैको जिवनबाट आफुलाई सन्तुष्टि मिलेको उहाँ बताउनु हुन्छ । उहाँले भन्नु भयो – ‘जागिर छोडेर ठीकै गरेको जस्तो अहिले लग्न थालेको छ । महिले सरकारी जागीर छाडेर म्याग्दीको श्रीगलेश्वर शिवालय क्षेत्र विकास कोषमा ७ वर्ष सचिवको जिम्मेवारी लिएर अहिले मानव कल्याण बृद्धाश्रममा सेवकको रुपमा र पशुपति धर्मशालाको सञ्चालकको रुपमा अतिथि सेवा साथै साधनामा छु । म आफ्नो मन हृदय सामाजिक धार्मिक सेवामा समर्पण गर्ने सङ्कल्परत छु ।’

पैसा कमाउनका लागि भन्दा पनि समाजमा धार्मिक सचेतना फैलाउने उद्देश्यले पुस्तक निकालेको हुँ , पुस्तक बिक्री गरेर पैसा कमाउने लक्ष्य छैन । कसैले पुस्तकवापतको रकम दिएमा समाजिक कार्यमा खर्च गर्छु । उहाँले श्री कृष्णप्रसादको रुपमा आफ्नो पुस्तकलाई व्यख्या गर्नु भएको छ ।
उहाँले २९ दिन लगाएर लेखेको यस पुस्तक २०१ पृष्ठको छ । पुस्तक प्रकाशन गन व्यक्तिगत रुपमा एक लाख ११ हजार रुपैयाँ खर्च भएको उहाँ बताउनु हुन्छ । उहाँले एक हजार प्रति पुस्तक छपाएको र अधिकास पुस्तकहरु सार्वजनीक पुस्ताकालयमा राखेने बताउनु भएको छ ।

उहाँले धार्मिक ग्रन्थहरुलगायत दर्शन, ज्ञान, नीतिसम्बन्धी चिन्तन र आफ्नो ६२ वर्ष सम्मको अनुभव पुस्तकमा रहेको बताउनु भएको छ । पौडेलले पुस्तकमा कुनै त्रुटि भेटिएमा आफूलाई जानकारी गराउन भन्दै दोस्रो संस्करणमा सुधार गर्ने बताउनु भयो । उहाँको ‘अनिर्णयको बन्दी’ पुस्तक प्रकाशोन्मुख कृति हो ।

Share.

Leave A Reply